बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशनको लागि बोर्डमा दियो आवेदन

२९ बैशाख २०७९, बिहीबार १३:३३

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्कासनको प्रक्रिया अघि बढाएको छ। बैंकले १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको प्रक्रिया अघि बढाएको हो । बैंकले नेपाल धितोपत्र बोर्डमा यही वैशाख २६ गते ऋणपत्र निष्कासनको अनुमति माग्दै निवेदन दिएको हो। सेबोनले अनुमति दिएमा बैंकले ‘बीओके डिबेन्चर २०८६’ नामक ऋणपत्र निष्कासन गर्नेछ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ११ लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ। कम्पनीले कुल इकाइमध्ये ६ लाख ६० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ र बाँकी ४ लाख ४० हजार इकाइ सर्वसाधारणमा जारी गर्नेछ।

यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०।५ प्रतिशत ब्याज पाउनेछने। बैंकको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*