नागरिक लगानी कोषको यस्तो देखियो तेस्रो त्रैमास
२९ बैशाख २०७९, बिहीबार १३:२६
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। गत वर्ष ५९ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालू आवको तेस्रो त्रैमासमा खुद नाफा बढाएर ६१ करोड ६६ लाख पुर्याएको छ ।
जुन नाफा गत वर्षको सोही अवधिको तुलनामा ४.१७ प्रतिशत बढी हो । चैत मसान्तसम्मा कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो । गत वर्ष ९९ करोड आम्दानी गरेको कम्पनीले यस अवधिमा आम्दानी बढाएर १ अर्ब ३ करोड पुर्याएको छ ।
कम्पनीको ब्याज आम्दानी ११.६२ प्रतिशत बढेको छ भने कुल आम्दानी ३.५० प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल खर्च ०।९३ प्रतिशत बढेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँले बढेर २७ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ बढेर १८६ रुपैयाँ पुगेको छ ।