प्रभु लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा देखियो सुधार

२९ बैशाख २०७९, बिहीबार ०९:२७

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनकि गरेको छ। यस त्रैमाससम्ममा कम्पनीको खुख बीमाशुल्क आर्जन ३४ प्रतिशतले वृद्धि भएको छ।

कमपनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस त्रैमासम्ममा कम्पनीको खुद नाफा २६ प्रतिशतले घटेर १० करोड १३ लाख रुपैयाँमा सिमित भएको छ। अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा १३ करोड ७८ लाख रुपैयाँ थियो । यस अवधिसम्म्मा कम्पनीको कुल बीमशुल्क आर्जन १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।हाल कम्पनीको चुक्ता पुँजि २ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष ५३ प्रतिशतले वृद्धि भएर २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको जगेडा कोष २४ प्रतिशतले बढेर ४५ करोड ५४ लाख रकम छ भने जीवन बीमा कोषमा २ अर्ब ७१ करोड रकम रहेको छ ।
यस त्रैमासको अवधिसम्ममा कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*