सूर्या लाइफको जीवन बीमा कोष ३३ प्रतिशतले बढ्यो, नौ महिनामा साढे तीन अर्बको बीमा व्यवसाय

२९ बैशाख २०७९, बिहीबार ०६:४३

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार सूर्या लाइफले जीवन बीमा कोष उल्लेख्य रुपमा बृद्धि गरी १३ अर्ब पुर्याउन सफल भएको छ । कम्पनीले जीवन बीमा कोषको आकार ३३.३७ प्रतिशतले बृद्धि गरी १३ अर्ब ३५ करोड ५८ लाख ८८ हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।

चालु आवको नौ महिने अवधीमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड २८ लाख २९ हजार रुपैयाँ जम्मा गरेको छ भने जगेडा कोषमा ५९ करोड ४६ लाख ८७ हजार रुपैयाँ जम्मा गर्न सफल भएको छ । समग्र कोषको आकार १४ अर्ब १० करोड ३४ लाख १४ हजार रुपैयाँ पुगेको छ । जीवन बीमा कम्पनीका लागि जीवन बीमा सहितका कोषहरुको आकार बृद्धि महत्वपूर्ण हुन्छ ।

आज प्रकाशित चालु आवको नौ महिने वित्तिय विवरण अनुसार सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आम्दानी ११ प्रतिशतले बृद्धि भई तीन अर्ब २३ करोडबाट बढेर तीन अर्ब ५८ करोड ३६ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले समग्रमा बीमा व्यवसाय बृद्धि गर्न सफल भएको आज प्रकाशित वित्तिय विवरणमा झल्किएको छ ।

कम्पनीको व्यवस्थापन खर्च नियन्त्रित छ । गत आवको नौ महिनामा ४४ करोड नौ लाख रुपैयाँ खर्च गरेकोक कम्पनीले चालु आवको सोही अवधीमा ४४ करोड २३ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

कम्पनीले चालु आवको नौ महिनामा ४५ करोड २५ लाख ६१ हजार रुपैयाँ अभिकर्तालाई कमिशन बापत वितरण गरेको छ । जुन अघिल्लो आवको तुलनामा २५ प्रतिशतले बढि हो ।

कम्पनीको खुद नाफा ३८.४६ प्रतिशतले घटेको छ । बीमा समितिले लागू गरेको फ्युचर बोनसका लागि २० प्रतिशत अनिवार्य प्रोभिजन गर्नुपर्ने व्यवस्थाका कारण मुनाफा घटेर २४ करोडबाट १५ करोडमा झरेको हो ।

कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या तीन लाख ३२ हजारबाट बढेर तीन लाख ८१ हजार पुगेको छ । समग्रमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसाय फराकिलो बनाउँदै अघि बढ्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*