जेठ महिनामा पनि बैंकहरुको ब्याजदर नबढ्ने

२८ बैशाख २०७९, बुधबार १७:१७

काठमाडौं । जेठ महिनामा पनि ब्याजदर नबढाउने देखिएको छ । नेपाल बैकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउन सुझाव दिएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले बताए ।

केही दिन अगाडि एक सार्वजनिक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी दिनम अझै व्याज दर वृद्धि हुने र त्यसको लागि तयारी अवस्थामा रहन भनेका थिए ।

वाणिज्य बैंकले एक वर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । वाणिज्य बैंकले ब्याजदर नबढाउने भए पछि विकास बैंक र फाइनान्स कम्पनीले पनि व्याज दर बढाउने छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*