नौ महिनामा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा रिभर्स रिपोमार्फत रु.२८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत रु.३१ अर्ब ६५ करोड गरी कुल रु.६० अर्ब तरलता प्रशोचन गरिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत रु.१०९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत रु.१९३ अर्ब ७५ करोड गरी कुल रु.३०३ अर्ब २९ करोड तरलता प्रशोचन भएको थियो ।
समीक्षा अवधिमा रिपोमार्फत रु.४१३ अर्ब ५ करोड, सोझै खरिद उपकरणमार्फत रु.५५ अर्ब ९२ करोड र स्थायी तरलता सुविधामार्फत रु.५७७३ अर्ब ७५ करोड गरी कुल रु.६२४२ अर्ब ७२ करोड तरलता प्रवाह गरिएको छ ।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) मा अमेरिकी डलर १ अर्ब ६८ करोड खुद खरिद गरी रु.२०३ अर्ब ९ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ७५ करोड खुद खरिद गरी रु.३२४ अर्ब ९२ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ५० करोड बिक्री गरी रु.४१९ अर्ब १८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ४४ करोड बिक्री गरी रु.४०४ अर्ब ७० करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।