अर्थतन्त्र स्थीर, सात महिनाको बस्तु आयात धान्ने विदेशी मुद्रा संचिती

२८ बैशाख २०७९, बुधबार १६:४०

काठमाडौं । केही महिनादेखि लगातार बिग्रदै गएको नेपालको अर्थतन्त्र पछिल्लो महिना स्थीर देखिएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको नौ महिनाको अर्थतन्त्र अवस्थाको झलकमा यस्तो देखिएको हो ।चालु आर्थिक वर्षको चैत महिनासम्मको अवधिमा साढे १६ प्रतिशतले विदेशी मुद्राको सञ्चिति घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति’अनुसार असार मसान्तको तुलनामा विदेशी मुद्राको सञ्चिति साढे १६ प्रतिशतले घटेको हो ।

असार मसान्तसम्ममा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर विदेशी मुद्राको सञ्चिति थियो । जुन, साउनदेखि चैत महिनासम्म आइपुग्दा घटेर ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँमा आइपुगेको छ । यसैगरी, यस अवधिमा अमेरिकी डलरमा विदेशी मुद्राको सञ्चिति १८.२ प्रतिशतले घटेको छ ।

असार मसानसम्ममा ११ अर्ब ७५ करोड डलर सञ्चिति रहेकामा चैत मसान्तसम्ममा ९ अर्ब ६१ अर्ब डलरमा आइपुगेको छ । यो सिञ्चितिले ६.६ महिनाको वस्तु तथा सेवाको आयात धान्ने केन्द्रीय बैंकले जनाएको छ । यो अहिलेसम्म भइरहेको नेपालको कूल आयातलाई आधार मानेर गरिएको प्रक्षेपण हो ।

यसैगरी, कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ थियो । जुन, चैत मसान्तसम्ममा १७.९ प्रतिशतले घटेर १० खर्ब २१ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (केन्द्रीय बैँकबाहेक)मा रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा ९ महिने अवधिमा ५.१ प्रतिशत घटेर १ खर्ब ४६ अर्ब ४८ करोडमा आइपुगेको छ । यस अवधिसम्म नेपालमा रहेको कुल विदेशी विनिमयको सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत छ ।

चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट १४ खर्ब ६६ अर्ब रुपैयाँको आयात भइसकेको छ । यही गतिमा आयात बढिरहेमा यो वर्ष करिब १८ खर्ब रुपैयाँभन्दा बढीको आयात हुने आँकलन गरिएको छ । यही गतिमा आयात भइरहेमा नेपालमा रहेको विदेशी मुद्राको सञ्चितिले आगामी साढे ६ महिनाको मात्रै धान्ने केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को नौ महिनामा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भई रु.१६० अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.८ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, तार, दन्त मञ्जन, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को नौ महिनामा कुल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भई रु.१४६६ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्ट्स, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।निर्याततर्प कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छआयात भनेसम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*