शोधानान्तर स्थिति २ खर्ब ६८ अर्ब घाटामा, चालु खाता कति ?

२८ बैशाख २०७९, बुधबार १६:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ । तथ्याङ्कअनुसार शोधानान्तर स्थिति घट्न पुगेको छ ।

समिक्षा अवधिसम्म शोधानान्तर स्थिति २६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधानान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँ बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखखले बचतमा रहेको शोधानान्तर स्थिति चालु आवको ९ महिना अवधिसम्म २ अर्ब २५ करोडले घाटामा रहेको छ ।

त्यस्तै, समिक्षा अवधिसम्म चालु खाता ५१२ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २१० अर्ब ५१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समिक्षा अवधिमा ४ अर्ब २८ करोडले घाटामा रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९.५ प्रतिशतले कमी आई ७ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३३.७ प्रतिशतले बृद्धि भई १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिसम्म पुँजीगत ट्रान्सफर १२ अर्ब ८६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*