रिलायन्स लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा आकर्षक सुधार

२८ बैशाख २०७९, बुधबार १३:३९

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले आज प्रकाशन गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्ममा आईपुग्दा कमपनीको खुद बीमाशुल्क आर्जन २४ प्रतिशतले बृद्धि भएको तंथ्याकले देखाएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा कम्पनीले २ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा २ अर्ब २ करोड थियो ।त्यस्तै गत आर्थिक बर्षको तुलनामा कम्पनीको मुनाफा ८२।९२ प्रतिशतले वृद्धि भएको छ । यसअवधिमा कम्पनीले १२ करोड ४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ६ करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीको अभिकर्ता कमीशन १२ प्रतिशतले वृद्धि भएर ३३ करोड ९० लाख रुपैयाँमा सिमित भएको छ ।
कम्पनीको जीवन बीमा कोषमा तीन अर्ब ६७ करोड रुपैयाँ, जगेडा कोषमा २१ करोड ३७ लाख रुपैयाँ र महाविपत्तिकोषमा ३ करोड ६० लाख रुपैयाँ रकम संचिती रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*