नेशनल माइक्रोफाइनान्स लघुवित्तको नाफामा आकर्षक सुधार, जगेडा कोषमा साढे ६८ करोड रुपैयाँ संचित

२८ बैशाख २०७९, बुधबार १३:२६

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आवको चैत मसान्तसम्ममा ३३ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

सस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा ३५ प्रतिशतले बृद्धि भएको हो । गत आवको यसै अवधिसम्म संस्थाले २४ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएको र सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएकाले सञ्चालन नाफा बढ्न गई नाफा बढ्न टेवा पुगेको हो ।

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा २ करोड ८६ लाख रुपैयाँ छुट्याएकोमा चालू आवमा २९ लाख ७० हजार रुपैयाँ छुट्याएको छ । कम्पनीको चुक्तापूँजी ५८ करोड ६६ लाख रुपैयाँ रहेको छ । साथै कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा जगेडामा ६८ करोड ४९ लाख रुपैयाँ सञ्चित गरेको छ ।

सो अवधिमा कम्पनीले अर्ब ३८ करोड रुपैयाँ सापटि लिएर, ३ अर्ब ३४ लाख रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब ८० करोड रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ ।

चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी .७७ रुपैयाँ ४ पैसा, मूल्य आम्दानी अनुपात २७.५८ गुणा, तरलता अनुपात ३.५० प्रतिशत र प्रतिशेयर नेटवर्थ २१६.७५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*