बीमा समितिका उप निर्देशक भट्टलाई पितृशोक

२८ बैशाख २०७९, बुधबार १३:२१

काठमाडौं । बीमा समितिका उप निर्देशक बिरोध भट्टलाई पितृ शोक परेको छ । बीमा समितिको उजुरी शाखामा कार्यरत उप निर्देशक भट्टको पिता ईश्वरी दत्त भट्टको आज विहान ७४ वर्षको उमेरमा ललितपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

कोरोनाको बुष्टर डोज लगाएर ब्रेन इन्ज्युरी भई कोमा गएकोले घरैमा चिकित्सकीय सेवा लिइ रहनु भएका भट्टको आज विहान निधन भएको पारिवारिका सदस्यले जानकारी दिएका छन् । सुदुरपश्चिमस्थित धनगढीका स्थायीबासी भट्टको आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा अपरान्ह ३ः०० बजेपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी गराए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*