सेञ्चुरी कमर्सियल बैंकले संस्थापक शेयरधनीको सवा १८ लाख कित्ता शेयर बेच्ने

२८ बैशाख २०७९, बुधबार १३:०८

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थापक शेयरधीको नाममा रहेको शेयर बिक्रीमा ल्याउने भएको छ ।

कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयरमध्ये आंशिक।पुरा शेयरहरु गरी जम्मा १८ लाख २१ हजार ६० कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री गर्न ३५ दिने सूचना प्रकाशित गरेको हो ।

प्रचलित नियमअनुसार उक्त शेयर कम्पनीका संस्थापक शेयरधनीलाई नै बिक्री गर्नुपर्ने भएकोले उक्त शेयर खरिद गर्न चाहाने सो कम्पनीका विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय पुतलीसडक, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र शेयरधनीबाट कुनै पनि निवेदन प्राप्त नभएमा उक्त शेयर प्रचलित नियमानुसार अन्य कुनै व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*