काठमाडौंबाट धनगढी जाँदै गरेको जहाजको इन्जिन फेल, काठमाडौंमा आपतकालिन अवतरण

२८ बैशाख २०७९, बुधबार १३:००

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको ९ एन-एएनआर जहाज जहाज उडेको केहीबेरमै इन्जिन फेल भएपछि काठमाडौंस्थित विमानस्थलमा आपतकालिन अवतरण गराइएको छ ।

उडान नं एन ९२२३ बाट ८० जना यात्रु, चालक दलका सदस्य तथा क्रु मेम्वरसहित उडेको जहाज विमानस्थलबाट २५ माईलको दुरीमा धादिङमाथिको आकाशमा पुगेपछि क्यानाडामा निर्मित बमबार्डिायर सिआरजे जहाजको एउटा इन्जिनले काम गर्न छोडेको थियो । लगत्तै पाइलटले ‘मेडे’ भन्दै काठमाडौं विमानस्थलमा आपतकालिन अवतरणको अनुमति मागे । विमानस्थलले ढिलाई नगरी सबै उडान तथा अवतरण बन्द गर्ने निर्णय गर्यो र इन्जिन फेल भएको श्री एयरलाइन्सको जहाजलाई अवतरण गराउने प्रबन्ध गरियो । विमानस्थलमा सबै आपतलिन सेवाहरु तैयारी अवस्थामा राखियो र एउटा इन्जिनको भरमा ८० यात्रु बोकेको जहाज श्री एयरलाइन्सको जहाजलाई सकुशल अवतरण गराइयो ।

आकाशमै इन्जिन फेल भएपछि यात्रुहरु निकै अत्तालिएका थिए । चालकदलले आश्वस्त बनाउँदै काठमाडौंमा अवतरण गराएको खासै समस्या नरहेको बताइएको छ ।

पछिल्ला केही दिनहरुमा नेपालमा हवाई यात्रा असुरक्षित बन्दै गइरहेको छ । केही दिनअघि बुद्ध एयरको जहाजमा समेत प्राविधिक समस्याहरु उत्पन्न भएपछि आपतकालिन अवतरण गराउनु परेको थियो ।

हवाई क्षेत्र निकै महंगो बीमा दावी पर्ने जोखिमयुक्त व्यवसाय हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*