महुली लघुवित्तको शेयर बिक्रीमा, ७ दिनभित्र जो कोहीले आवेदन दिन पाउने

२८ बैशाख २०७९, बुधबार १२:५५

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको शेयर बिक्री गर्ने भएको छ । यसअघि कम्पनीले संस्थापक शेयरधनीहरुका लागि शेयर बिक्री गर्न ३५ दिने सूचना प्रकाशित गरेको थियो ।

सो अवधिभित्र कुनै पनि आवेदन नपरेकोले संस्थाले अन्य कुनै व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी उक्त शेयर लिलामीमा ल्याएको हो ।
संस्थाका केही संस्थापक शेयधरनीले आफ्नो नाममा रहेको २५ हजार ४०० कित्ता शेयर बिक्री गर्नका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने जो कोही व्यक्ति वा संघ संस्थाले ७ दिनभित्र आवश्यक काजगात संकलन गरी कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण–६ महुली सप्तरीमा आफुले खरिद गर्न चाहेको कित्ता संख्या खुलाई आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*