ग्रामिण विकास लघुवित्तको नाफा २८ करोड माथि, रिजर्भमा १ अर्ब रुपैयाँ संचित हुँदा १४ अर्बको कर्जा परिचालन

२८ बैशाख २०७९, बुधबार १२:१३

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको चैत मसान्तसम्म २८ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

लघुवित्तले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफामा सामान्य गिरावट आएको हो । गत आवको यसै अवधिसम्म लघुवित्तले २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी ६.२८ प्रतिशतले बृद्धि भएर ९१ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत आवमा लघुवित्तको यस्तो आम्दानी ८६ करोड १५ लाख रुपैयाँ रहेको थियो ।

आम्दानी बढेसँगै संचालन नाफा समेत बढ्न पुगेको छ । यस अवधिसम्म संस्थाको संचालन मुनाफा ४०.५५ प्रतिशतले बृद्धि भएर ४१ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत आवमा संस्थाको संचालन मुनाफा २९ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी र संचालन नाफा दुवै बढेपनि लघुवित्तको खराब कर्जा भने बढ्न पुगेको छ । यसकारण लघुवित्तको नाफामा आम्दानी र संचालन नाफामा राम्रै नतिजा देखाएपनि सामान्य गिरावट आएको हो । गत आवमा ३.२८% रहेको खराब कर्जा बढेर ४.२३% पुगेको छ ।

साथै लघुवित्तले चैत मसान्तसम्म ६ अर्ब ८४ करोड रुपैयाँ ६५ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ९३ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन तथा १४ अर्ब १३ करोड ५७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

साथै यस अवधिसम्म संस्थाको चुक्तापुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेकोमा जगेडा कोषको आकार ६३.९९ प्रतिशतले बढाएर १ अर्ब २२ करोड ८९ लाख रुपैयाँ संचित गरेको छ ।

संस्थाको समिक्षा अवधिसम्म वार्षिकी प्रतिशेयर आम्दानी ३८.४७ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ २२५.०५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*