शेयरबजारमा लगातार सर्किट हान्ने जाल्पा सामुदायिक लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

२८ बैशाख २०७९, बुधबार ११:५१

काठमाडौं । केही समय अगाडी मात्रै आइपीओ निष्काशन गरेर बाँडफाँड सम्पन्न गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण आज प्रकाशित गरेको छ ।

उक्त विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आवको चैत मसान्तसम्म लघुवित्तले ८ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरको छ । जुन ३७.२४ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म संस्थाले ६ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफा दुवैमा उल्लेख्य सुधार देखिएको छ । यसकारण पनि लघुवित्तको नाफामा प्रंसशनीय सुधार देखिएको हो । खुद ब्याज आम्दानी ५७.४३ प्रतिशतले बढेर २६ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने संचालन नाफा ९१.९३ प्रतिशतले बढेर १० करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्म लघुवित्तको खराब कर्जा समेत घट्न पुगेको छ । यसकारण पनि नाफामा बृद्धि हुन टेवा पुगेको हो । गत आवमा ३ प्रतिशत रहेको खराब कर्जा यस अवधिसम्म घटेर २.४६ प्रतिशत कायम भएको छ ।

साथै लघुवित्तले चैत मसान्तसम्म १ अर्ब ७७ करोड ५ लाख रुपैयाँ सापटी लिएर ५ अर्ब ४ करोड ९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, २ अर्ब ४२ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेकोछ ।

सर्वसाधारणलाई आइपीओ निष्काशन गरेकोले संस्थाको यस अवधिसम्म चुक्तापुँजी ४८.४२ प्रतिशतले बढेर १६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, रिजर्भको आकार समेत ४४.९२ प्रतिशतले बढेर ३८ करोड ६० लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।

संस्थाको यस अवधिसम्म प्रतिशेयर आम्दानी ७२.०७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ३४१.२८ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात ७.२४ रुपैयाँ र तरलता अनुपात ८.३२% रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*