गुराँस लाइफको जीवन बीमा कोषमा १२ अर्ब, मुनाफा २६ प्रतिशतले बृद्धि हुँदा अन्य सूचांक कस्तो ?

२८ बैशाख २०७९, बुधबार ११:३१

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष १९.२२ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधीमा १० अर्बको जीवन बीमा कोष खडा गरेको कम्पनीले चालु आवको नौ महिनाको अवधीमा १२ अर्बको जीवन बीमा कोष खडा गरेको छ ।

कम्पनीको जगेडा कोष पाँच प्रतिशतले बृद्धि भएको छ भने महाविपत्ति कोषमा २६.६३ प्रतिशत जम्मा गर्न सफल भएको छ । कम्पनीको समग्र कोषको आकार १९ प्रतिशतले बृद्धि भई १२ अर्ब ६८ करोड २९ लाख ३५ हजार रुपैयाँको हुन पुगेको छ ।

चालु आवको नौ महिने समिक्षा अवधीमा कम्पनीको खुद बीमा शुल्क आम्दानी २२ प्रतिशतले घटेर दुई अर्ब ३५ करोड ४९ लाख ७३ हजारमा सीमित हुन पुगेको छ । गत आवमा यस्तो रकम तीन अर्ब एक करोड ८८ लाख १३ हजार रुपैयाँ थियो । चालु आवमा कम्पनीको खुद दावी भुक्तानी निकै बढेर एक अर्ब १६ करोड ६१ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

 

 

कम्पनीको कर्जा लगानी, बीमालेख धितोमा कर्जा लगानी बापतको आम्दानी १७ प्रतिशतले बृद्धि भएको छ । गत आवमा ८५ करोड एक लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा ९९ करोड ६४ लाख २० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । त्यस्तै कम्पनीको व्यवस्थापन खर्च उच्च अंकले घटेको छ । कम्पनीको व्यवस्थापन खर्च ४५.२० प्रतिशतले घटेका कारण कम्पनीको लाभांश बृद्धि भएको हो । गत आवमा ४० करोड रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवमा जम्मा २२ करोड रुपैयाँ व्यवस्थापन खर्च घटेको छ ।
त्यस्तै, बीमा अभिकर्तालाई वितरण गर्ने कमिशन ३८ प्रतिशतले घटेको छ । कम्पनीले गत आवमा ४५ करोड रुपैयाँ कमिशन बापत वितरण गरेकोमा चालु आवको चैत्र मसान्तसम्ममा २८ करोड १३ लाख रुपैयाँ वितरण गरेको छ ।

कम्पनीको खुद नाफा २६.१९ प्रतिशतले बृद्धि भएको छ । गत आवको नौ महिनासम्ममा १० करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आवको नौ महिनामा १३ करोड १६ लाख चार हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आम्दानी बढेको तथा व्यवस्थाप खर्च घटेकोले कम्पनीको मुनाफा बृद्धि भएको हो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

कम्पनीमा हाल कायम पोलिसी संख्या सामान्य अंकले बृद्धि भई एक लाख ५८ हजार २४५ पुगेको छ । गुराँस लाइफको प्रतिशेयर आम्दानी ८.४२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२९.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ६८.८९ गुणा तथा प्रतिशेयर कूल सम्पत्तिको मूल्य ७३१.४२ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*