एलआईसी नेपालमा ९० अर्बको शक्तिशाली जीवन बीमा कोष, बीमा व्यवसाय र आम्दानी दुवै बढ्यो

२८ बैशाख २०७९, बुधबार ०९:३५

काठमाडौं । देशकै दोस्रो ठूलो जीवन बीमा कम्पनी एलआईसी नेपाल ९० अर्बको शक्तिशाली जीवन बीमा कोषसहित व्यवसायलाई सुधारको मार्गमा अघि बढेको आज प्रकाशित वित्तिय विवरणले औल्याएको छ ।

कम्पनीले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार मुनाफा बाहेकका अधिकांश सूचांकहरु सकारात्मक प्रगति देखिएको छ । मुनाफा घट्नुमा बीमा समितिले लागू गरेको प्रोभजन मुख्य कारण हो ।

अनुसन्धान तथा विश्लेषणको विधिमार्फत जोखिम विश्लेषण गरी योजनाबद्ध अघि बढ्दै आएको एलआईसी नेपालले कूल बीमा शुल्क बृद्धि नहुँदा समेत जीवन बीमा कोष १६.४६ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवको यसै अवधीमा ७७ अर्ब ५४ करोड रुपैयाँ रहेको जीवन बीमा कोष चालु आवको समीक्षा अवधीमा ९० अर्ब ३० करोड ४१ लाख तीन हजार ३९० रुपैयाँ संचिती गर्न सफल भएको छ । नेपालमा यति ठूलो जीवन बीमा कोष खडा गर्ने एलआईसी नेपाल दोस्रो ठूलो कम्पनी हो ।

कम्पनीको जगेडा कोषमा ७० करोड रुपैयाँ संचिती रहेको छ भने महाविपत्ति कोषमा ३६ करोड पाँच लाख रुपैयाँ जम्मा रहेको छ । समग्रमा एलआईसी नेपालले ९१ अर्ब ३७ करोड ३६ लाख९८ हजार ३११ रुपैयाँको शक्तिशाली कोष खडा गर्न सफल भएको छ ।

चालु आवको नौ महिने अवधीमा एलआईसी नेपालले १३ अर्ब ६२ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । गत आवको सोही अवधीमा कम्पनीले १३ अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको थियो । कम्पनीको खुद बीमा शुल्क आम्दानी सामान्य बृद्धि भएको छ । कम्पनीको खुद दावी भुक्तानी छ अर्ब ६१ करोड ६९ हजार ७३ हजार रुपैयाँ छ । गत आवमा यस्तो रकम छ अर्ब तीन करोड ८८ लाख रुपैयाँ थियो ।

कम्पनीले कर्जा, बीमालेख धितो तथा अन्य लगानीबाट प्राप्त आम्दानी १२ प्रतिशतले बृृद्धि भई छ अर्ब २८ करोड २२ लाख ९१ हजार ४३२ रुपैयाँ पुगेको छ । गत आवको यसै अवधीमा कम्पनीले पाँच अर्ब ६१ करोड रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले समीक्षा अवधीमा व्यवस्थापन खर्च १३.२५ प्रतिशतले घटाउन सफल भएको छ । गत आवमा ६३ करोड रुपैयाँ खर्च गरेकोमा चालु आवको नौ महिने अवधीमा ५५ करोड चार लाख ८६ हजार ७४७ रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले आफ्ना अभिकर्ताहरुलाई दिने कमिशन आठ प्रतिशतले घटेको छ । गत आवमा एक अर्ब ४० करोड रुपैयाँ कमिशन वितरण गरेकामा चालु आवको नौ महिने समीक्षा अवधीमा एक अर्ब २९ करोड ४८ लाख ७२ हजार ६७७ रुपैयाँ कमिशन बापत अभिकर्ताहरुलाई वितरण गरेको छ ।

कम्पनीको खुद नाफा ६० लाख एक हजार ५१२ रुपैयाँ छ । गत आवमा १५ करोड रुपैयाँ रहेको थियो । जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा निर्धारण हुने हुँदा अहिले प्रकाशित मुनाफा फेरबदल हुनसक्नेछ । यद्यपि बीमा समितिले अनिवार्य गरेको फ्युचर बोनस प्रोभिजनिङका कारण कम्पनीको मुनाफा घटेको हो । फ्युचर बोनस प्रोभिजनिङले आज बोनस र नाफा घटेपनि भविष्यमा कम्पनी झनै बलियो हुने गर्दछ ।

कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या ७ सात १६ हजार ३६२ बाट झरेर छ लाख ९५ हजार ७८९ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*