साताको दुई दिन बिदा दिन बीमा कम्पनीहरुलाई समितिको निर्देशन
२७ बैशाख २०७९, मंगलवार २०:३६
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई साताको दुई दिन बिदा दिन निर्देशन दिएको छ । समितिले आज एक परिपत्र मार्फत बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।
सरकारले गरेको निर्णय अनसार बीमा कम्पनीहरुलाई हप्ताको दुई दिन( शनिबार र आईबातर) बिदा दिने निर्देशन दिएको हो । आज राजपत्रमा समेत दुई दिन बिदा र कार्यालय समयअवधि थप गर्न उल्लेख भईसकेको छ ।
जेठ १ देखि बिहान ९ः३० बजेबाट अपरान्ह ५ः३० बजेसम्म कार्यालय समय राजपत्रमा तोकिएको छ।तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० देखि अपरान्ह ४ः३० बजेसम्म रहने उल्लेख छ।