झुक्किएर माधव नेपालले मागे एमालेलाई भोट

२७ बैशाख २०७९, मंगलवार १९:३०

काठमाडौ । समाजवादीको आज भएको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा अध्यक्ष माधवकुमार नेपालले सभामा सम्बोधनका क्रममा अध्यक्ष नेपालले झुक्किएर आफ्ना उम्मेदवारहरूलाई ‘सूर्य’ चिन्हमा मात्र छाप हाल्नुपर्ने धारणा राखेका थिए ।

जहाँ अध्यक्ष नेपालले उक्त चुनावी सभामा सम्बोधन गर्दै आफ्ना उम्मेदवारलाई सूर्यमा मतदान गरेर जिताउन आग्रह गरे । यसअघि लामो समय नेकपा एमालेमा रहेका नेपाललाई विगतको सम्झना आएको हुनसक्छ । जसले गर्दा कमल चिन्हमा मत माग्नुपर्नेमा उनले सूर्य चिह्नमा मत मागेका थिए ।

सूर्यमा मत माग्दै गरेका नेपाललाई उनका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध गरे । त्यसपछि पनि उनी एकछिन अकमक्किए । एक छिन अलमलिएका नेपालले पछि सूर्यलाई पराजित गर्न कलम चिन्हमा मतदान गर्न आग्रह गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*