माछापुछ्रे क्यापिटलको कार्यवाहक सिईओमा निरज मान सैंजु नियुक्त
२७ बैशाख २०७९, मंगलवार १८:४९
काठमाडौं। माछापुछ्रे क्यापिटलको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा निरज मान सैंजु नियुक्त भएका छन् । क्यापिटलको वैशाख २५ को संचालक समितिको बैठकले हालालाई क्यापिटको कार्यवाहक सिईओमा पदमा सैंजुलाई नियुक्त गरेको हो ।
सैंजुको नियुक्तपूर्व कम्पनीको नेतृत्व कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद शर्माले गरेका थिए । सैंजुको माछापुछ्रे बैंक तथा अन्य वैंक तथा वित्तिय संस्थामा १५ बर्ष भन्दा बढीको अनुभव रहनुका साथै ट्रेजरी व्यवस्थापन, फाइभेट इक्विटी, भेन्चर फाइनान्ङ्गि तथा धितोपत्र व्यवस्थापन सम्बन्धमा विज्ञता रहेको छ ।