सारा नेपालले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, बिक्रि प्रबन्धक नियुक्त
२७ बैशाख २०७९, मंगलवार १८:३५
काठमाडौं । सारा नेपालले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्न आइडिया टु आईपीओका लागि एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ ।
सम्झौताअनुसार सारा नेपाललाई संस्थागत परामर्श, सेयर रजिष्ट्रारको सेवासहित आईपीओ जारी गर्ने चरणमा पुर्याउन एनआईसी एशिया क्यापिटलले सहयोग गर्नेछ । सारा नेपालले डिपार्टमेन्टल स्टोर, जलविद्युत् परियोजना, यातायात तथा पर्यटन, होटल व्यवसाय, कृषिजन्य उत्पादन तथा बिक्री, सञ्चार, खाद्यवस्तुको उत्पादन तथा वितरण, स्वदेशी वस्तु तथा सेवाहरूको निर्यात गर्नेलगायत कार्यहरू गरिहरेको छ ।