समता घरेलु लघुवित्त चित्रसारी शाखाद्धारा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

२७ बैशाख २०७९, मंगलवार १५:४०

चितवन । समता घरेलुु लघुबित्त बित्तीय सस्था लिमिटेड शाखा कार्यलय चित्रसारी सौराहा चितवनले केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । उक्त कार्यक्रम केन्द्र नम्बर १ का केन्द्र प्रमुख पार्वती मरट्ठाको अध्यक्षतामा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

उक्त इलाकाका केन्द्रीय अनुगमन कार्यलयका प्रतिनिधि यादव कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सप्पन्न भएको हो । कार्यक्रममा यस सस्थाको सहायक फिल्ड सुपरभाइजर नारायण भन्डारीले सहभागी सम्पुर्णलाई स्वागत गर्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए । चित्रसारी शाखा प्रमुख निरज श्रेष्ठले केन्द्र प्रमुखको काम, कर्तव्य, अधिकारका साथै केन्द्रको समस्यहरु र समाधानका विषयमा सहजीकरणबारे कार्यक्रममा प्रष्ट पारेका थिए ।

सो कार्यक्रममा समता घरेलुु लघुबित्त वित्तीय सस्था हर्दी शाखाका प्रमुख बिमला गुरुङले सहभागी केन्द्रका प्रमुखहरुलाइ केन्द्र कसरी सञ्चालन गर्ने, आफ्नो केन्द्रलाइ असल केन्द्रको रूपमा कसरी पहिचान गराउने भन्ने बारेमा प्रशिक्षण दिएका छन् । लघुबित्तका सहायक फिल्ड सुपरभाइजर कृष्ण हरी सुवेदीले सहभागी सम्पुर्ण केन्द्रका केन्द्र प्रमुखहरुप्रति आभार व्यक्त गरेका छन् । दिदै आगामी दिनहरुमा उत्कृष्ट केन्द्रको रूपमा आफ्नो केन्द्रलाइ परिचित गराउन आग्रह समेत गरे ।

त्यसैगरी, उक्त गोष्ठीमा सहभागीहरुको तर्फबाट आफ्नो भनाइ राख्दै बिष्णु माया तामाङले गाउँघरका जनताले महगो व्याजको पैसा चलाउनुपर्ने वाध्यात्मक परिस्थितिबाट आफू मुक्त भै बिना धितो, लघुबित्तले दिएको ऋणकै कारण आफ्नो र आफ्नो समूहको दिदी बहिनीहरु उधमी व्यावसायी बन्न सफल भएको बताए । अर्का वक्ता उर्मिला पासवानले लघुबित्तमा बैंकको नियम अनुसार कारोबार गर्ने हो भने अन्त तिर्ने व्याज भन्दा कम पर्न जाने र आवश्यक पर्दाको बिना धितो पैसा पाउने हुँदा लघु बित्त बित्तिय संस्थाको विशेष महत्व रहेको बताए ।

केन्द्रको मिटिङहरु उत्कृष्ट रूपमा सञ्चालन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएकोमा चार वटा केन्द्रका प्रमुखहरु सम्मानित गरिएको छ । सम्मानित हुनेमा केन्द्र नम्बर २९ का माया गुरुङ, केन्द्र नम्बर ३५ का बिष्णु माया तामाङ, केन्द्र नम्बर २४ को बिन्दु कुमारी प्रजा साथै केन्द्र नम्बर ४८ का प्रर्दशनी महत्तोलाई खादा ओडाइ सम्मान गरिएको छ । यसै शाखा अन्तर्गत केन्द्र नम्बर २ का भागिरथी महतोलाई उत्कृष्ट वचतकर्ताको रूपमा नगद प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*