सूर्योदय वोमी लघुवित्तको खुद नाफा १० करोड २५ लाख रुपैयाँ, ४ अर्बको निक्षेप संकलन

२७ बैशाख २०७९, मंगलवार १४:०१

काठमाडौं । सूर्योदय वोमी लघवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वषैका चैत मसान्तसम्म १० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा ५.५४ प्रतिशतले कम हो ।

संस्थाले गत आवको यसै अवधिसमम १० करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी बढेपनि संचालन नाफामा गिरावट आएको छ । जसकारण संस्थाको नाफामा सुधार नदेखिएको हो ।

खुद ब्याज आम्दानी यस अवधिसम्म ३९.१४ प्रतिशतले बढेर ३० करोड ८० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन नाफा ७.२५ प्रतिशतले घटेर १५ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ । यस अवधिसम्म लघुवित्तको खराब कर्जा पनि बढ्न पुगेकोछ । गत आवमा १.०१ प्रतिशत मात्रै रहेको खराब कर्जा बढेर २.९५ प्रतिशत पुगेको छ । यसकारण पनि नाफा बढ्न नसकेको हो ।

त्यस्तै, समिक्षा अवधिसम्म संस्थाको चुक्तापुँजी ९२.२६ प्रतिशतले बढेर ७९ करोड १९ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार १११.८७ प्रतिशतले बृद्धि भएर ५१ करोड ८९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । सूर्योदय लघुवित्त र वोमी लघुवित्त एक आपसमा मर्जर भएपछि सूर्योदय वोमी लघुवित्तको चुक्तापुँजी र रिजर्भको आकार बढेको देखिएको हो ।

त्यस्तै, यस अवधिसम्म संस्थाले ६ अर्ब ३२ करोड २४ लाख रुपैयाँ सापटी लिएर ११ अर्ब १४ करोड १३ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । साथै निक्षेप १६०.५२ प्रतिशतले बृद्धि भएर ४ अर्ब ११ करोड ७३ लाखरुपैयाँ निक्षेप संकलन गरेको छ ।
संस्थाको प्रतिशेयर आम्दानी १७.२७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५.५२ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*