राष्ट्र बैंकले निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र दिने

२७ बैशाख २०७९, मंगलवार १३:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा निवृत्त कर्मचारीहरुको निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र गर्न पाउने व्यवस्था गर्ने भएको छ।
सोसम्बन्धी कार्यविधि, २०७९ बमोजिम बैंकहरुबाट मात्र भुक्तानी गरिने हुँदा बैंकले सम्बन्धित कर्मचारीहरुलाई एक महिना भित्र खाता खोलिसक्न र सोको विवरण राष्ट्र बैंकको सम्बन्धित शाखामा बुझाउन आग्रह गरेको हो ।

निवृत्तिभरण भुक्तानी सम्बन्धी कार्यविधिको दफा (८) को उपदफा (२) मा भएको व्यवस्थाअनुसार बैंक खातासम्बन्धी विवरण पेश गर्न बाँकी निवृत्तिभरकले संलग्नबमोजिमको फाराम सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागमा वा विभागको आधिकारीक वेवसाइटमा बुझाउन आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*