नबिल बैंकद्धारा आफ्ना कर्मचारीहरुको छोराछोरीलाई छात्रवृति प्रदान
काठमाडौंं । नबिल बैंकले आफ्ना कर्मचारीहरुको छोराछोरीलाई छात्रवृति प्रदान गरेको छ। बैंकले आफ्ना कर्मचारीहरुको छोराछोरीलाइ दुई लाखको छात्रवृति दिएको हो । बैंकले पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट कर्मचारी परिवारको लागि सुरु गरेको ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ अन्तर्गत दुई लाखको छात्रवृति दिएको हो ।स्व. पौड्यालले बैंकमा लामो समयदेखि संचालक समितिमा योगदान गर्दै आएका थिए ।
यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक वर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षा बोर्डको प्लस टु तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार छोराछोरीको नाम मनोनयन गर्न सक्दछन् । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उदेश्य सहित बैंकले यो कार्यक्रम ल्याएको जनाएको छ ।
मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरुलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । बैंकको अनुसार पुरस्कारको रकम ५० हजार प्रत्येक विजेता कर्मचारीका सन्तानहरुलाई प्रदान गरिने छ ।