१० मन्त्री र १५ सांसदको घरमा आगजनीपछि श्रीलंका तनावग्रस्त, एक सांसदको मृत्यु

२७ बैशाख २०७९, मंगलवार १०:५८

काठमाडौं । आर्थिक संकटबाट देशलाई निकास दिन नसकेको भन्दै आक्रोसित भिडले श्रीलंकका प्रधानमन्त्री महेन्द्रा राजापाक्षेको घरमा आगजनी गरिएको छ । उनी मात्रै नभई सरकार समर्थित कैयौं सांसद, नेता तथा मन्त्रीहरुको घरमा आगजनी गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

डेलीमिररले श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजापाक्षेको पुर्खौली घर मदमौलानामा आगो लगाए ध्वस्त पारेको भिडियो सार्वजनिक गरेको छ । त्यस्तै पूर्वमन्त्री जोन्सन फर्नाण्डोलाई पनि प्रदर्शनकारीहरुले कुटपिट गरेका छन् । सत्ताधारी सांसद अमरकीर्ति अथुकोरलाले सडकमा यात्राको क्रममा दुई जना प्रदर्शनकारीको गोली हानी हत्या गरेपछि उत्पन्न भिडले उनको हत्या गर्न खोजेपछि आफैले गोली हानेर आत्म हत्या गरेका थिए । श्रीलंकामा हिजो मात्रै सांसद सहित सात जनाको मृत्यु भएको दर्जनौं घाइते भएका छन् । सांसद अमरकीर्तिले उनको कारलाई रोक्न खोजेका प्रदर्शनकारीहरुमाथि गोली चलाएका थिए । उनको गोलीबाट दुई जनाको मृत्यु भएकोे थियो । लगत्तै प्रदर्शनकारीहरुले उनको कार जलाएर खरानी बनाईदिए । त्यहाँबाट फायरिङ गर्दै भागेका सांसद अमरकीर्ति नजिकैको एक भवनमा लुकेर प्रहरीको सहयोग मागिरहेको बेला प्रदर्शनकारीहरुले घेरा हालेर आक्रमण गरेपछि आफैले गोली हानेर आत्म हत्या गरिएको श्रीलंकाको प्रहरीले जनाए पनि घट्नाको विस्तृत विवरण आइसकेको छैन ।

 

सन् १९४८ मा स्वतन्त्र भएपछि यताकै सबैभन्दा खराव आर्थिक अवस्थाको कारण श्रीलंकाको अवस्था तनावपूर्ण बनेको हो । सर्वसाधारणले जनतालाई सेवा प्रवाह गर्न नसकेको आर्थिक संकटबाट मुलुकलाई निकास दिन नसकेको भन्दै भिषण प्रदर्शनहरु गरिरहेका छन् । अहिले श्रीलंकाको राजधानी कोलम्बोसहितका सिंगो देशमा बुधबारसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको छ ।

हिजो प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले सरकारबाट राजिनामा दिएसँगै सरकार खारेज भएकोले अहिले त्यहाँका राष्ट्रपति गोटाबाया राजापाक्षेले चलाइरहेका छन् ।

 

प्रदर्शनकारीहरुले पुर्याएको क्षतिको सम्बन्धीमा श्रीलंकाको सञ्चार माध्यम न्यूजफस्र्टमा उल्लेख गरिएको क्षतिको विवरण ।

Rajapaksa Family (D. A. Rajapaksa Museum and memorials attacked / destroyed)

Ex-Minister Vidura Wickramanayake

Ex-Minister Shehan Semansinghe (Residence)

Ex-Deputy Speaker Ranjith Siyambalapitiya (Residence)

Ex-Minister Rohitha Abeygunawardena (Office in Kalutara)

Ex-Minister Johnston Fernando (Offices in Kurunegala & Lillie Street, Colombo)

Ex-Minister Nimal Lanza (Residence in Negombo)

Ex-Minister Bandula Gunawardena (Residence in Nugegoda)

Ex-Minister (Dr.) Ramesh Pathirana (Residence in Galle)

Ex-Minister Arundhika Fernando (Residence in Wennappuwa)

Ex-Minister (Professor) Channa Jayasumana (Residence in Anuradhapura)

MP Prasanna Ranatunga (Residence in Udugampola)

MP Duminda Dissanayake (Residence)

MP S. M. Chandrasena (Residence)

MP Nuwan Athukorala (Residence)

MP Sahan Pradeep (Residence in Kadawatha)

MP Siripala Gamlath (Residence in Polonnaruwa)

MP Kokila Gunawardena (Residence in Meerigama)

MP Tissa Kutti Arachchi (Residence in Bandarawela)

MP Chinthaka Mayadunne (Residence & Office in Puttlam)

MP Anuradha Jayaratne (Office in Gampola)

MP Gunapala Rathnasekara  (Residence in Kurunegala)

MP Santha Nishantha (Residence)

MP Anupa Pasqual (Residence in Mathugama)

MP Akila Saliya Ellawala (Residence in Balangoda)

Moratuwa Mayor Saman Lal Fernando (Residence)

Chairman of the Attanagalle Pradeshiya Sabha (Residence)

Chairman of the Kotikawatte – Mulleriya Pradeshiya Sabha (Residence)

Chairman of the Walallawita Pradeshiya Sabha (Residence)

Chairman of the Elpitiya Pradeshiya Sabha (Residence)

Mayor of Horana (Residence)

 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*