सरकार, संसद र न्यायालय निर्वाचनमार्फत गठनको एजेण्डासहित नेपाल कम्युनिष्ट पार्टी बहुमतको घोषणा

२६ बैशाख २०७९, सोमबार १९:३३

काठमाडौं । नेपालमा पहिलो पटक वर्तमान संसदीय व्यवस्थाको विकल्पमा निर्वाचित प्रत्यक्ष कार्यकारी सरकार, जनताद्धारा निर्वाचित संसद र जनताबाटै निर्वाचित न्यायालय गठन हुनुपर्ने माग सहित नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन भएको छ ।

एकीकृत जनक्रान्ति गर्दै भन्दै निर्वाचन बहिस्कार गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लव तथा प्रबक्ता प्रकाण्डलाई निष्काशन गरेर नयाँ बनेको नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले पुरानो पार्टीले निर्वाचनमा भाग लिएकोले संसदीय व्यवस्था स्वीकार गर्न नसकेको र वस्तुवादी कार्यदिशा बनाउन नसकेकोले बिद्रोह गरेर नयाँ पार्टी गठन गर्नु परेको बताए ।

नेकपाका सचिवालय सदस्यद्धय धमेन्द्र बास्तोलाले चितवनमा केही दिनअघि बहुमत नेता कार्यकर्ताहरुको सहभागितामा भेला आयोजना गरी ‘नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गर्ने निर्णय भएको औपचारिक रुपमा घोषणा गरे ।

तत्कालीन महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा संसदवादमा फसिसकेकाले पार्टी पुनर्गठन गरेर परिवर्तन र क्रान्तिप्रतिको जनताको चाहना जीवितै राखेको बताए । बास्तोलाले विचार र संगठनात्मक रूपमा बहुमत आफ्नो पक्षमा रहेको दाबी गर्दै बिप्लवहरु पार्टीमा फर्कनेमा ठूलो आशा नरहेको बताए ।

नयाँ पार्टीले मूल कार्यदिशाको रुपमा वैज्ञानिक समाजवादी क्रान्तिलाई अपनाउने छ भने तत्कालका लागि चार वटा कार्यदिशा अघि सारेको छ । पत्रकार सम्मेलनमा नेकपा बहुमतले स्वाधिन संयुक्त सरकार, राजनीतिक स्थीरता, सामाजिक रुपान्तरण, समृद्धि र स्वाधिनतालाई केन्द्रबिन्दुमा राखेर प्रतिरोध, संघर्ष र एकीकृत जनयुद्धको मार्गमा अघि बढ्ने उल्लेख छ ।

नेकपा बहुमतले राजनीतिक स्थीरताका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालि प्रत्यक्ष निर्वाचन विधिमार्फत निर्वाचित हुनुपर्ने माग अघि सारेको छ । सो पार्टीले संसदीय व्यवस्थाको अन्त्य गर्दै राजनीतिक स्थीरता सहितको नयाँ शासन व्यवस्थाको वकालत गरेको हो ।

पार्टीले यसअघि सरकारसँग गरेको तीन बुँदे सम्झौताको अपनत्व लिने भन्दै सरकारसँग वार्ता गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*