कर्जन्हामा पार्टीका उम्मेद्धवार विजयी गराउन अशोक राई र डा. वीरेन्द्र महतो फिल्डमा उत्रिए

२६ बैशाख २०७९, सोमबार १८:४८

काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीबाट मेयरका उम्मेद्धवार र उपमेयर लक्ष्मी श्रेष्ठ यादवको चुनावी माहोल राम्रो देखिएको छ ।

जसपाका उम्मेद्धवारलाई विजयी गराउन यतिवेला पूर्व सभासद तथा पार्टीका केन्द्रीय नेता डा. वीरेन्द्र प्रसाद महतो अहोरात्र खटिएका छन् । महतोले चुनावी घरदैलो कार्यक्रममा नगरवासीसँग कर्जन्हाको मुहार फेर्नको लागि पनि जसपाका उम्मेद्धवारलाई अमूल्य मत दिई विजयी गराउन अपिल गर्ने गरेका छन् ।

जसपाको मधेश प्रदेशको कोषाध्यक्ष समेत रहेकी नेतृ रेणु यादव, युवा नेताहरु अञ्जनी राई र लालकिशोर यादव चुनावी कमाण्डरको रुपमा सक्रिय छन् ।

स्थानीय तहको निर्वाचनमा देशव्यापी रुपमा पार्टीका उम्मेद्धवार जिताउनका लागि जसपाले पनि केन्द्रीय नेताहरु जिल्ला जिल्लामा परिचालन गरेको छ । यसै सिलसिलामा जसपाका वरिष्ठ नेता अशोक राई सिरहाको कर्जन्हा पुगेका छन् । वरिष्ठ नेता राई र पूर्व सभासद महतो चुनावी रणनीति तय गर्दै आज घरदैलोमा समेत सहभागी भएका थिए ।

जसपाबाट मेयरमा उम्मेद्धवार दिएका साहले कर्जन्हाको आमूल परिवर्तन गर्न र समृद्ध नगर बनाउनको लागि आफ्नो चुनावी घोषणापत्र समेत सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको घोषणापत्रमा नगरको फोहोरमैला व्यवस्थापन गर्नको लागि सबै चोकमा डस्टबिनको व्यवस्था गर्नेदेखि सबै सडकहरु नालासहितको बनाउनेसम्म रहेका छन् । त्यस्तै, पहिचान भएका विपन्न तथा दलित परिवारलाई निःशुल्क शौचालय बनाईदिने पनि उनको घोषणा रहेको छ ।

साहले सार्वजनिक गरेको चुनावी प्रतिबद्धतापत्रमा प्रत्येक चोक तथा बजारमा सार्वजनिक शौचालय बनाउने, नमूना मुसहर वस्ती बनाउने, मठ मन्दिरलगायत सार्वजनिक विश्रामस्थल निर्माण गर्ने र ज्येष्ठ नागरिकलाई धार्मिकस्थलको भ्रमण गराउने रहेका छन् । त्यस्तै, आर्थिक उन्नतीको लागि टोल टोलमा सहकारीको स्थापना गर्ने पनि उनको घोषणा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*