डेलक्रेडाको आयोजनामा उद्यारो जोखिम व्यवस्थापनबारे अन्तर्राष्ट्रिय सेमिनार हुने, निर्जिवन बीमा कम्पनीलाई मौका

२६ बैशाख २०७९, सोमबार १५:४४

काठमाडौं । नेपालमा जोखिम व्यवस्थापनबारे अन्तर्राष्ट्रिय स्तरको सेमिनार कार्यक्रम हुने भएको छ । यही बैशाख २८ गते काठमाडौंमा हुन लागेको सेमिनार कार्यक्रम डेलक्रेडा नेपालले आयोजना गरेको हो ।

ऋण जोखिम व्यवसायको जोखिम व्यवस्थापनबारे नेपालमा खासै प्रचलनमा नरहे पनि अन्तर्राष्ट्रिय क्षेत्रमा यसको निकै ठूलो महत्व रहेको छ । नेपालमा हालसम्म प्रयोगमा नरहेको उधारो कारोबार जोखिम व्यवस्थापन यहाँका निर्जिवन बीमा कम्पनीहरुको लागि नयाँ बीमा क्षेत्रको रुपमा विकास गर्न सकिने गरी छलफल हुन लागेको हो ।

संसारभर नै उधारो कारोबार हुँदा त्यसको जोखिम व्यवस्थापन बीमा कम्पनीहरुले लिएका हुन्छन् । नेपालमा पनि अर्बौ रुपैयाँको उधारो कारोबार हुने भएपनि सोको रकम भुक्तानीको समयमा पक्षहरुका बीचमा विवाद भई अड्डा अदालतसम्म धाएको धेरै इतिहासहरु रहेका छन् । यसले उधारो कारोबारमा सहयोग पुग्ने हुँदा निकै महत्वपूर्ण रहेको छ । त्यस्तै निर्जिवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय समेत हुने हुँदा यसको छुट्टै महत्व रहेको आयोजक संस्थाको भनाई छ ।

व्यवसायमा हुने जोखिम र बीमाको माध्यमबाट कसरी न्यूनिकरण गर्ने भन्ने विषयमा डेलक्रेडाकी संस्थापक सिईओ अन्ड्रियाज स्टेनबर्नले कार्यपत्र प्रस्तुत गर्नेछन् । सो कार्यपत्रमाथि टिप्पणी गर्दै नेपालमा यसको सम्भाव्यता, यसले पुर्याउने फाइदा तथा प्रभावका सम्बन्धमा छलफल हुनेछ ।

बैशाख २८ गते काठमाडौंमा भव्य सम्मेलन हुन लागेको डेलक्रेडा नेपालले जनाएको छ । डेलक्रेडा भन्ने संस्था व्यवसाय जोखिम व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय रुपमा निकै ठूलो ख्याती कमाएको संस्था हो । यसको केन्द्रीय कार्यालय जर्मनीमा रहेको छ । नेपालमा डेलक्रेडा नेपाल नामक संस्थाले माऊसंस्थासँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

 

सो कार्यक्रममा जर्मन सिड एलायन्सका सिईओ एन्नि कार्टेन लगायतले व्यवसायमा आईपर्ने जोखिम व्यवस्थापन सम्बन्धी अनुभवहरु आदान प्रदान गरिने आयोजक संस्था डेलक्रेडाले जनाएको छ ।

नेपालस्थित जर्मन दुताबास, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा समिति, आन्तरिक राजश्व विभाग, नेपाल उद्योग बाणिज्य महासंघ, आईक्यान, होटल संघ लगायतका निकायहरुको सहभागिता रहने कार्यक्रममा बीमा क्षेत्रबाट समेत दरिलो उपस्थिति रहने विश्वास गरिएको छ ।

डेलक्रेडा एक उच्च विशेषज्ञता भएको व्यवसायको ऋण र जोखिम व्यवस्थापन सेवा प्रदायक अन्तर्राष्ट्रिय संस्था हो । नेपालमा मध्य, साना तथा सबै खाले औद्योगिक व्यवसाय प्रबद्र्धनमा यसले भूमिका पुग्ने अपेक्षा लिएको कार्यक्रम आयोजक संस्था डेलक्रेडा नेपालले लिएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*