मर्जरपछि कर्मचारी समायोजनमा समस्या आउन दिदैनौं: अध्यक्ष सिलवाल

२६ बैशाख २०७९, सोमबार १२:३५

काठमाडौं । बीमा कम्पनीहरुको चुक्ता पुँजि वृद्धिको कारण केहि कम्पनीहरुले मर्जर प्रकृया अघि बढाईसकेका छन् भने कतिले बढाउने तरखरमा लागेका छन् । यसले गर्दा बीमा कम्पनीहरुको कर्मचारी समायोजनमा कस्तो असर पर्छ र यस्को समाधानको बिषयमा के हो भनेर कम्पनीका कर्मचारीहरुले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाललाई प्रश्न गरेका छन् ।

बीमा समितिले धनगढी उपमहानगरपालिकामा रहेका बीमा कम्पनीहरुसँग गरेको अन्तक्रिया कार्यक्रममा मर्जर पश्चात् कर्मचारी समायोजन के हुने भन्दै बीमा समितिका अध्यक्षलाई प्रश्न राखेका हुन् ।

कार्यक्रममा उठेका प्रश्नहरुलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले मर्जर पश्चात् पनि बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुमा समस्या आउन नदिन बीमा समितिले निर्णय गर्न तयार रहेको बताए ।उनले कार्यक्रममा कर्मचारी समायोजनामा कुनै पनि समस्या आउन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

अध्यक्ष सिलवालले कार्यक्रममा बीमा समितिले चाडौ नै प्रदेशस्तरमा बीमा समिति पुग्न लागेको जसको कारण बीमा कम्पनीहरुलाई थप सहयोग पुग्ने कुरामा विश्वस्त रहेको बताएका थिए ।

त्यस्तै, बीमा कम्पनीहरुलाई बीमा सचेतना कार्यक्रमलाई तिव्रता दिन समेत कार्यक्रममा आग्र गरेका थिए ।कार्यक्रममा बीमा समितिको तर्फबाट अध्यक्ष सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक, उपनिर्देशकहरुको सहभागीता रहेको थियो । त्यस्तै, धनगढीस्थित प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, कर्मचारी र अभिकर्ताहरुको उपस्थित रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*