वैवाहिक वार्षिकोत्सवको अवसरमा श्रीमतीलाई जीवन बीमा पोलिसी उपहार

२६ बैशाख २०७९, सोमबार १३:१८

काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ ।

परिवर्तित समयसँगै पछिल्लो समय भने जीवन बीमालाई आम जनताको दैनिकीसँग जोड्दै जीवन बीमा पोलीसी उपहारका रुपमा दिने चलन बढ्दै गएको छ । विवाह, ब्रतबन्ध, जन्मदिन, पास्नी, गून्योचोलो, बैवाहिक बर्षगाँठ लगायतका शुभ कार्यमा बीमा पोलीसी उपहार दिने चलन बढ्दै गएको हो ।

सोही चलनको अनुसरण गर्दै सिटिजनलाइफ इन्स्योरेन्स कम्पनीभैरहवा शाखामा एजेन्सी म्यानेजरको रुपमा कार्यरत ज्योतीलाल पौडेलले आफ्नो वैवाहिक वार्षिकोत्सवकोअवसरमा आफ्नो श्रीमतीलाई जीवन बीमा पोलिसी उपहार दिएका छन् । पौडेलले आफ्नो श्रीमती अन्जु पौडेललाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन शुभारम्भ बीमा योजना अन्तरगत २५ लाखको बीमा पोलिसी उपहार स्वरुप दिएको हो ।

बीमा पोलिसी हस्तान्तरण गर्दै उहाँले बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चिता भएको हुदाँ जीवन बीमा अतिआवश्यक रहेको बताउनु भयो । जीबन बीमा गर्ने योजना पहिले नै बनाएको र बिशेष दिनमा उपहार स्वरुप दिदाँ आकर्षक उपहार हुने र अन्यलाई समेत उत्प्रेरणा मिल्ने हुदाँ सो उपहार दिएको उनले बताएका छन् । अन्य उपहार खरिद गर्दा खर्चहुने रकम बीमामा भुक्तानी गर्दा भविष्यको लागी उपायोगी बचत हुने जनाए ।

सो पोलिसी हस्तान्तरण कार्यक्रममा कम्पनीका भैरहवाका क्षेत्रीय प्रमुख नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल साथै भैरहवा शाखाका कर्मचारी तेज प्रकाश पाण्डे र सुसिल ज्ञवालीको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*