नेपाल फाइनान्सले संस्थापक शेयरधनीको साढे ८३ हजार कित्ता शेयर बिक्री गर्ने
२६ बैशाख २०७९, सोमबार ११:५६
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ८३ हजार ५३१ कित्ता शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।
प्रचलित कानुन बमोजिम उक्त शेयर संस्थाका शेयरधनीलाई नै बिक्री गर्नुपर्ने व्यवस्था भएबमोजिम संस्थाका विद्यमान संस्थापक शेयरधनीले आवश्यक काजगातसहित ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ ।
साथै सो अवधिभित्र शेयरधनीहरुबाट कुनै पनि निवदेन प्राप्त नभएको खण्डमा उक्त शेयर नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको अधिनमा रही प्रचलित कानुन बमोजिम अन्य कुनै व्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।