छिमेक लघुवित्तको नाफा ७१ करोड ७१ लाख रुपैयाँ, चुक्तापुँजी र रिजर्भको आकार २ अर्ब नाघ्यो
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७१ करोड ७१ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आबको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा घटेको हो ।
कम्पनीको नाफा गत वर्षको भन्दा २४.९९ ले थोरै हो । गत वर्ष यसले ९५ करोड ५९ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले खुद ब्याज आम्दानी भने १५।११५ ले बढाएर १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुर्याएको छ ।
यद्दपि, यस वर्ष ऋण तथा अन्य नोक्सानी व्यवस्थाका लागि २१ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएपछि सञ्चालन नाफा १९।५१५ ले घटेर १ अर्ब १२ करोड रुपैयाँमा आएको छ । जसका कारण खुद नाफा प्रभावित भएको देखिन्छ । गत वर्ष यसै अवधिमा भने १४ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज फिर्ता भएको थियो ।
कम्पनीको चुक्ता पुँजी र रिजर्भ कोष दुवै दुई अर्ब रुपैयाँ नाघेका छन् । लघुवित्तको यस अवधिसम्म चुक्तापुँजी २७ प्रतिशतले बढेर २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ पुगेकोमा रिजर्भको आकारमा १.४१ प्रतिशतले बृद्धि भई २ अर्ब ४० हजार रुपैयाँ संचित रहेको छ ।
संस्थाले यस अवधिसम्म ५ अर्ब ४५ करोड रुपैयाँ सापटी लिई ३२ अर्ब २० करोड कर्जा परिचालन गरेको छ । त्यस्तै संस्थाले यस अवधीसम्म २५ अर्ब ७९ करोड रुपैयाँ निछेप संकलन गरेको छ ।
साथै छिमेकको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ २४१ रुपैयाँ ६८ पैसा पुगेको छ । त्यस्तै, गत आवमा ०.३६ प्रतिशत मात्रै रहेको खराब कर्जा सामान्य बृद्धि भई यस अवधिसम्म ०.९१ प्रतिशत पुगेको छ । यस कारण पनि लुघवित्तको नाफामा भनेजस्तो सुधार हुन नसकेको हो ।