भर्खरै आइपीको निष्काशन गरेको नेष्डो समृद्ध लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

२६ बैशाख २०७९, सोमबार १०:२१

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरवट आएको छ ।

चालु आवको चैत मसान्तसम्म आइपुग्दा नेष्डो समृद्ध लघुवित्तको खुद नाफा १५.५५% ले घटेर १६ करोड ४७ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको लघुवित्तले यसैअवधिमा १९ करोड ५० लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।खुद ब्याज आम्दानी १२.९२% ले घटेर २८ करोड ३५ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा १५.५५% ले घटेर २६ करोड १५ लाख २१ हजार रुपैयाँमा आएको छ ।

साथै यस अवधिसम्म लघुवित्तले ४५ करोड ३४ लाख रुपैयाँ सापटी लिएर ४ अर्ब ५५ करोड ४७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै २ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यस अवधिसम्म लघुवित्तको चुक्तापूंजी ४८ प्रतिशतले बढेर २५ करोड ५० लाख रुपैयाँ पुगेकोमा रिजर्भको आकार २६.९५ प्रतिशतले बढेर ५८ करोड ४६ लाख रुपैयाँ संचित रहेको छ ।

प्रतिसेयर आम्दानी ८६ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ ३२९ रुपैयाँ २८ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ३.६२ प्रतिशत बाट बढेर ५.७२%  पुगेको छ । यसकारण पनि लघुवित्तको नाफामा भनेजस्तो सुधार नआएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*