महुली लघुवित्तले २६ प्रतिशत बोनस शेयर आजदेखि वितरण सुरु
काठमाडौं । महुली लघुवित्तले २६ प्रतिशत बोनस शेयर सोमवारदेखि वितरण गर्न शुरु गरेको छ । कम्पनीले सभामार्फत गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात् कम्पनीले सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न शुरु गरेको हो । उक्त मितिदेखि दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था रहेको छ । तर उक्त मिति पश्चात शेयर धारण गरेका शेयरधनीहरुले भने बोनस शेयरमा लाग्ने कर वापतको ५ प्रतिशत रकम जम्मा गरेपछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।
सम्बन्धित शेयरधनीहरुले बोनस शेयरको कर बापतको रकम कम्पनीको सनराइज बैंक लिमिटेड, कमलपोखरी, काठमाडौंमा रहेको एसआरसिएल महुली बोनस ट्याक्स ७७.७८ नाममा रहेको खाता नम्बर ०६९०३७१११४७०१०२४ मा जम्मा गर्न बैंकले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।