शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने अवधि थप

२६ बैशाख २०७९, सोमबार ०९:१९

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडकोे अवितरित हकप्रद शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने अवधि थप भएको छ । कम्पनीको अवतरित शेयर नबिकेपछि पुनस् समयअवधि थप भएको हो ।

कम्पनीले ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर विक्रीका लागि यस अघि आज (सोमवार) सम्मको मिति तय गरेको थियो । सरकारले वैशाख २० गते सार्वजनिक बिदा दिएकाले एक दिन अवधि थप गरी वैशाख २७ गतेसम्म कायम गरिएको जानकारी कम्पनीले दिएको हो ।

कम्पनीले यस अघि चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।
शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गनुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि तोकिएको सीमाको अधिनमा रही अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्रको छानविन गरी सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट गरिने भनाइ कम्पनीको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*