आईतबार कारोबार बन्द गर्ने नेप्सेको निर्णय

२६ बैशाख २०७९, सोमबार ०७:१२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आईतबारकारोबार बन्द गर्ने निर्णय गरेको छ । नेप्सेले नेपाल सरकारले आगामी जेठ एक गतेदेखि लागु हुने गरी शनिवार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आईतबार कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

नेप्सेले आइतबारको सट्टामा शुक्रवार शेयर बजार सञ्चालन गर्ने निर्णय गरेको छ । अबदेखि सातामा पाँच दिन नै शेयर कारोबार हुनेछ । यसअघि बन्द रहेको शुक्रबारको सट्टा आइतबार बन्द गरेको हो ।

नेप्सेका अनुसार नेपाल स्टक एक्सचेन्जको बैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रवारसम्म शेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*