१० कित्ता भन्दा कम शेयर टुक्राएर बिक्री गर्न नपाइने, नेप्सेले दियो कडा निर्देशन

२६ बैशाख २०७९, सोमबार ०७:०४

काठमाडौं । अबदेखि १० कित्ता भन्दा कम शेयर टुक्राएर बिक्री गर्न नपाइने भएको छ । नेप्सेले हिजो सबै धितोपत्र कम्पनीहरुलाई एक निर्देशन जारी गर्दै न्यूनतम कारोबार १० कित्ता हुनुपर्ने उल्लेख गर्दै यसअघि नै टुक्रा भइसकेको बाहेकका शेयरहरु १० कित्ता भन्दा कम हुने गरी टुक्राउन नपाउने व्यवस्था लागू गर्न निर्देशन दिएको छ ।

नेपाल स्टक एक्सचेन्जले हिजो जारी गरेको निर्देशनमा धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम (५) को उपविनियम एकमा कारोबार हुने धितोपत्र शेयर वा सामुहिक लगानी प्रयोजनको इकाई भएमा अंकित मूल्य १० भएमा १०० कित्ता र अंकित मूल्य १०० भएमा १० कित्ता कारोबार हुने व्यवस्था रहेको जनाउँदै नेप्सेले सो व्यवस्थाको इमान्दारपूर्वक कार्यान्वयन गर्न निर्देशन दिएको हो । १० कित्ता भन्दा कम परिणामको शेयर अडलट हुन्छ ।

यस्तो निर्देशनसँगै अब अडलटको शेयर कारोबार गर्न पाइने छैन । यस्तो व्यवस्थाभित्र शेयर, ऋणपत्र तथा सामूहिक लगानी कोषलाई समेत दायरामा ल्याइएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*