नेपाल लाइफका बीमितले कहिलेसम्म व्यतित बीमालेख नवीकरण गर्दा छुट पाउँछन् ?

२५ बैशाख २०७९, आईतवार १७:५९

काठमाडौं।  नेपाल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा छुट पाउने भएका छन् । कम्पनीले बीमितहरुको लागि ३५ प्रतिशत ब्याज छुट दिने भएको हो । कम्पनीका अनुसार २०७७ वैशाख २५ देखि भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क समयमा भुक्तानी नगरी व्यतित भएका सम्पूर्ण बीमालेखहरूमा ३५ प्रतिशत ब्याज छुट दिइने भएको हो ।कम्पनीका अनुसार यो छुट २०७९ बैशाख २५ गतेदेखि २०७९ असार २४ गतेसम्म लागू हुने छ ।

२०७७ वैशाख २५ गतेदेखि बीमाशुल्क तिर्नुपर्ने बीमालेखहरूको हकमा मात्रै सो छुट सुविधा पाउने कम्पनीलेजनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*