महालक्ष्मी लाइफको बिशेष साधारणसभा सम्पन्न, ९० करोडको आइपीओ जारी गर्ने प्रस्ताव पारित

२५ बैशाख २०७९, आईतवार १६:३७

काठमाडौं । महालक्ष्मी लाइफ बिशेष साधारणसभा सम्पन्नभएको छ । सभा, होटल हुकुम दरवार कमलपोखरमा सम्पन्न भएको हो । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव गरेको छ । नियामक बीमा समितिले जीवन बीमाहरुको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ हुनु्पर्ने व्यवस्था गरेपछि सोही अनुसार पुँजी वृद्धि प्रस्ताव राखिएको हो । उक्त प्रस्ताव सभाले पारित गरेको हो ।

महालक्ष्मीको विशेष साधारणसभाले ९० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि जारी गर्ने निर्णय गरेको हो ।यसअघि ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने कम्पनीले तयारी गरेको थियो । आईपीओ जारी गरी नसक्दै बीमा समितिले पुँजीवृद्धिको योजना ल्याएपछि जारी गर्ने रकम बढाएको हो ।बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ ।

अब सोही पुँजीलाई आधार मानेर आइपीओ पनि जारी गर्नुपर्ने हुन्छ ।सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गरेको छ । सभामा अन्य जीवन बीप्मा कम्पनीहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै, कम्पनीको लागि नियमावली संशोधन गर्ने एजेन्डा समेत पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*