एकाएक हरियाली छाएको शेयरबजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२५ बैशाख २०७९, आईतवार १५:१८

काठमाडौं । साताको पहिलो दिन शेयरबजार १७.९१ अंकले बढेर हरियाली छाएको छ । केही दिनयता क्रमशः घट्दै गइरहेको नेप्से परिसूचक आज सो अंकले बढेर उत्साह थपिएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गएसँगै शेयर बजार प्रभावित बन्दै गएको थियो । सो कारण शेयरबजारमा खासै उत्साह देखिएको थिएन । आज फेरी लामो समयपछि नेप्से ०.८० प्रतिशतले बढेर केही उत्साह थपिएको हो ।

आज नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३३ लाख ४१ करोड २१४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा हरियाली छाएतापनि कारोबारमा खासै सुधार आएको छैन । निर्वाचन नजिकिँदै गएसँगै लगानीकर्ताहरु पनि निर्वाचनमा होम्मिएको देखिएको छ । जसकारण कारोबार रकम खासै बढ्न सकेको छैन । साथै कम्पनीहरुको शेयरमूल्य खासै नबढ्दा लगानीकर्ताहरुले आफुसँग भएको शेयर ‘होल्ड’ गरेर राखेको पाइएको छ ।

आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको भएको छ । कम्पनीको आज एकैदिन ७ करोड ५३ लाख ५९ हजार ४५५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ६० लाख रुपैयाँ, नबिल बैंकको ४ करोड १५ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ३ करोड ६७ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको ३ करोड ५८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*