नेप्से दोहोरो अंकले बढ्दा यी कम्पनीको शेयरमा देखियो सुधार
२५ बैशाख २०७९, आईतवार १५:१०
काठमाडौं । काठमाडौं बैशाखाको अन्तिम साताको पहिलो कारोबारको दिन नेप्से १७।९५ अंकले बढेर २२५६।५७को विन्दुमा कायम भएको छ । लगातार अघिरहेको जालपा लघुवित्तको शेयरमा आज सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, घलम्दी हाईड्रोपावर, माउन्टेन इनर्जी, हिमालयन उर्जा, श्री इनर्जी, साहस उर्जा, ज्योति लाइफ, नेपाल हाईड्रो , जोशी हाईड्रोपावर र आँखुखोलाको शेयरमा सकारात्मक सुधार देखिएको छ ।