शेयरबजारमा छायो हरियाली, नेप्से १७ अंकले बढ्दा विकास बैंक सूचक चम्कियो

२५ बैशाख २०७९, आईतवार १५:०८

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । केही समययता लगातार घटेको नेप्से परिसूचक आज १७.९१ अंकले बढेर हरियाली छाएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गएसँगै शेयर बजार प्रभावित बन्दै गएको थियो । सो कारण शेयरबजारमा खासै उत्साह देखिएको थिएन । आज फेरी लामो समयपछि नेप्से ०.८० प्रतिशतले बढेर केही उत्साह थपिएको छ ।

नेप्से १७ अंकले बढ्दा आज सूचक २२५६.५४ विन्दुमा पुगेको छ । नेप्से बढेतापनि इन्डेक्स खासै बढ्न सकेको छैन । केही महिनाउता नेप्से इन्डेक्स २६।२७ सयको विन्दुमा रहेपनि गत सातादेखि झरेर २२ सयको विन्दुमा पुगेको हो ।

आज नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३३ लाख ४१ करोड २१४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज २ समुह बाहेकक सबै समुहमा हरियाली छाएको छ । बैंकिङ्ग समुह र माइक्रोफाइनान्स समुहमा आज गिरावट आएको छ भने सर्वाधिक आज विकास बैंक समुह चम्किएको छ । विकास बैंक समुहको आज १०८.६२ रुपैयाँले बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*