नेपाल टेलिकमले ल्यायो ‘निवार्चन अफर’, ९८ रुपैयाँमा यस्तो सुविधा पाइने

२५ बैशाख २०७९, आईतवार १३:०३

काठमाडौं । नेपाल टेलिकमले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन अफर सार्वजनि गरेको छ । टेलिकमले जीएसएम प्रिपेड तथा पोस्पेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको हो ।

कम्पनीले ९८ रुपैयाँमा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने गरी भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी उक्त अफर ल्याएको हो । यो अफर आज (वैशाख २५ं) गतेदेखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ ।

टेकिलमको सो अफरअन्तर्गत ३ दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा ९८ रुपैयाामा उपलब्ध हुनेछ । साथै ३ दिनसम्मै जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएससहितको ३०० एसएमएस प्याक पनि ९८ रुपैयाँमा नै उपलब्ध हुनेछ । त्यस्तै, ६ जिबि डाटा प्याक पनि सो अफरअन्तर्गत ९८ रुपैयाँमा नै उपलब्ध हुनेछ । यस अफर पनि ३ दिनका लागि मान्य हुनेछ ।

सो अफर प्राप्त गर्नका लागि जेठ ४ गतेसम्म आफ्नो मोबाइलबाट १४१५ ११ डायल गरी वा नेपाल टेलिकमको एप प्रयोग गरी प्राप्त गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*