एफपीओ निष्काशनको तयारीमा रहेको युनिक नेपाल लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौं । एफपीओ निष्काशनको तयारीमा रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा सामान्य गिरावट आएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले ७ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ८.४९% थोरै हो । गत वर्ष यस कम्पनीले ७ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
साथै नाफा घट्दा कम्पनीको खुद ब्याज आम्दानी भने १०.३४% ले बढेर २० करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १८ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस्तै, कम्पनीले यो त्रैमासमा १० करोड २७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष कम्पनी १६ करोड ९४ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो ।
चैत मसान्तसम्म २ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेको यो कम्पनीले ३ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी ११ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २४ करोड ९६ लाख रहेको छ । कम्पनीको खराब कर्जा भने घटेर ३.९३% भएको छ । गत वर्ष यसको खराब कर्जा ४.२६% रहेको थियो ।
युनिक नेपाल लघुवित्त एफपीओ निष्कासनको तयारीमा रहेको छ । लघुवित्तले एफपीओ निष्काशनका लागि अनुमति माग्न धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले एफपीओ निष्कासन प्रकृया अघि बढाउनेछ ।
युनिक नेपाल र घोडीघोडा लघुवित्त एक आपसमा मर्जर भएर गत पुस ३० गतेदेखि ‘युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु भईसकेको छ । घोडीघोडा र युनिक नेपाल १ः०.५० अनुपातमा मर्ज भएका हुन् ।