पुँजी वृद्धि प्रस्ताव सहित महालक्ष्मी लाइफ बिशेष साधारणसभा आज हुँदै

२५ बैशाख २०७९, आईतवार १०:५९

काठमाडौं । महालक्ष्मी लाइफ बिशेष साधारणसभा आज बस्दैछ । सभा, होटल हुकुम दरवार कमलपोखरी, काठमाडौंमा हुँदैछ । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । नियामक बीमा समितिले जीवन बीमाहरुको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ हुनु्पर्ने व्यवस्था गरेपछि सोही अनुसार पुँजी वृद्धि प्रस्ताव राखिएको हो ।

अब सोही पुँजीलाई आधार मानेर आइपीओ पनि जारी गर्नुपर्ने हुन्छ ।सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा अन्य जीवन बिमा कम्पनीहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ । यस्तै, कम्पनीको लागि नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*