हिमालयन डिष्टिलरीको अधिकांश सुचकमा देखियो सुधार, नाफा १७ प्रतिशतले बढ्दा इपिएस कति ?

२५ बैशाख २०७९, आईतवार ११:०१

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफासहित अन्य सूचांकमा सुधार देखिएको छ ।

चालु आवको चैत मसान्ससम्म कम्पनीको नाफा १७.१८ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिसम्म कम्पनीले ६७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । आम्दानी बढेसँगै कम्पनीको नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ३०.२० प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल नाफा २०.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.७५ प्रतिशत बढेको छ ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३४ रुपैयाँ १६ पैसा घटेर ६९ रुपैयाँ २२ पैसामा झरेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको प्रतिशेयर आम्दानी घटेको हो ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५१.८८ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*