नेपाल फाइनान्सले जेठ ६ गतेदेखि साढे ३४ लाख कित्ता हकप्रद जारी गर्ने

२५ बैशाख २०७९, आईतवार १०:३०

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले जेठ ६ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयर (१०ः७)को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद जारी गर्नेछ ।

हकप्रद निष्काशनका लागि कम्पनीले बैशाख २१ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार बैशाख २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत जेठ २६ गतेसम्म आवेदन दिन पाउनेछन् ।

हाल ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*