सिद्धार्थ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

२५ बैशाख २०७९, आईतवार १०:१४

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरण सावजनिक गरेको छ। कम्पनीको नाफा सामान्य बढेको छ । यसअवधिमा यसको खुद नाफा १ दशमलव ९९ प्रतिशतले बढेर १७ करोड ३४ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा यसको खुद बीमा शुल्क आर्जन १२ दशमलव ७९ प्रतिशत ले बढेर ८३ करोड ६६ लाख २८ हजार रुपैयाँ पुगेको छ ।

बीमा कोषको आकार १८ दशामलव ५८ प्रतिशत ले बढेर १ अर्ब ९ करोड ४५ लाख ८ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसको बीमा कोषमा ९२ करोड २९ लाख ९३ हजार रुपैयाँ थियो । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ३२ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*